सुनको मूल्यमा वृद्धि, तोलाको कति ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सयमा कारोबार भएको थियो । उक्त सुन आज तोलामा २ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १०ले बढेर १ हजार २ सय ८० पुगेको महासङ्घले जानकारी गराउको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ५३ डलरको आसपास कारोबार भइरहेको छ ।