सुनको मूल्य घट्यो, कति पुग्ला तोलामा ?

काठमाडौँ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सयले तोकिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो । आजा पहेँलो धातु प्रतितोलामा ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोलामा ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० रुपयाँले घटेर १ हजार २ सय ५० रुपयाँमा तोकिएको महासङ्घले जनाकारी गराएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ३१ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले दिएको छ ।