फर्पिङको जङ्गलमा एकजोडी युवायुवती मृत फेला

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिएका छन् । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताएका छन् ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले जानकारी गराएको छ । घटनास्थलमा अहिले प्रहरीको टोली पुगी थप घटना बारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्त मैनालीले बताए ।