विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एकजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुनषाका जितेन्द्र कुमार यादव रहेका छन् । उनलाई कतार एयरवेजको विमानबाट बिहीबार बिहान ९स्४५ बजे काठमाडौं आएका यादवलाई सुनसहित पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्र कटटुमा फल्स पकेट बनाई विष्कुट आकारको सुन ४६६.५ ग्राम र सिक्री आकारको सुन ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको जानकारी दिएका छन् ।

बरामद सुनसहित यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।