कांग्रेस समाजवादी र एमाले माओवादी केन्द्रबीच गठबन्धन

काठमाडौँ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ । एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएको कांग्रेस जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिएका छन् । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे सचिव भण्डारीले जानकारी गराएको छ ।

कांग्रेसबाट जिल्ला समन्वय समितिमको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्ने बताइएको छ । ती दुई दलका बीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ । कांग्रेसलाई जिससमा आफ्नो नेतृत्वका लागि एक भोट अपुग थियो । बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये कांग्रेसको १२, एमालेको सात, नेकपा माओवादी केन्द्रको चार र एकीकृत समाजवादीको एक मत छ । जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिने व्यवस्था गरेको छ ।

यस्तै जिल्ला समन्वय समितिमा निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल हुने भएको छ । ती दुईदलसंग ११ मत छ । प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी दिने भएका छन् । समाजवादीले भने उपप्रमुखमा को उठाउने भन्ने अझै टुङ्गो हुनसकेको छैन । स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।