सुनको मूल्य घट्यो कति छ त प्रतितोला ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ सयले घटेर ९७ हजार ७ सयमा तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन तोलामा ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार २ सय ६५ मा कायम रहेको महासङ्घले जानकारी गराएको छ ।