सुनको मूल्य घट्यो, कति पुग्ला प्रतितोला ?

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सयले घटेर ९७ हजार १ सयमा कारोबार भएको छ । पहेंलो धातु अघिल्लो दिन तोलामा ९८ हजार ९ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सयमा तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४ सयमा कायम थियो ।


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपयाँले घटेर १ हजार २ सय ४५ कायम रहेको महासङ्घले जानकारी दिइएको छ ।