वन उपभोक्ता समूहका अध्यक्ष थारुसमेत तिन जनाविरुद्धा भ्रष्टाचारको मुद्दा

काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपलिका वडां. ७ स्थित भालुफँट सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष लाहानु थारुसमेत तिनजनाले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

आयोगले मङ्गलबार विशेष अदालत काठमाडौंमा बर्दिया, राजापुर नगरपालिका ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अख्तिया दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार वन उपभोक्ता समूहका तीनजनाले २ लाख ७८ हजार ८४ रुपियाँ रकम भ्रष्टाचार गरेको पुष्टि भएको छ ।

उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार सङ्कलन भई टेण्डर प्रक्रिया बमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी २ बर्दियालाई लिलाम बिक्री गर्ने क्रममा अनियमितता गरेको अयोगको अनुसन्धानले देखाएको छ ।

उनीहरुलाई कैद तथा जरिवानाको सजाय असुल गर्ने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।