नाइजर आक्रमणमा आठ सिपाहीको हत्या

काठमाडौँ । सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा ८ सिपाहीको हत्या गरेका छन् । आक्रमणमा अन्य ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जानकारी गराएको छ ।

मोटरसाइकल र अन्य सवारी साधनमा सवार रहेका सशस्त्र आतंककारीहरूले मङ्गलबार बिहान करिब ०५ः३० बजे दक्षिणपश्चिमी नाइजरको वाराउमा नजिकैका गाउँहरूमा सुरक्षा अभियान गरिरहेको बेलामा आक्रमण गरेका रक्षा मन्त्रालयद्वारा एक विज्ञप्तिमा जानकारी गराएको छ ।

आतङ्ककारी आक्रमणपछिको सुरक्षा कारबाहीमा करिब ५० आतङ्कवादी मारिनु्को साथै अन्य ६ जना गम्भीर घाइते भएका मन्त्रालयले जानकारी दिएको छ । नाइजेरियाली सेनाले आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा पाँचवटा कारसहित केही सवारी साधन ध्वस्त भएको बताइएको छ ।

आक्रमण भएको क्षेत्र माली र बुर्किना फासोलगायत तीन सीमाना क्षेत्रको हिस्सा हो । जुन इस्लामिक स्टेट्स समूहसँग सम्बद्ध समूहहरू सहित जिहादी आक्रमणहरूको केन्द्र बनेको छ । वाराउ अराजक टिलाबेरी क्षेत्रमा अवस्थित छ ।