चितवानमा छोराले गरे आफ्नै आमाको हत्या

काठमाडौँ । चितवनमा छोराले आफ्नै आमाको हत्या गरेको छ । माडी नगरपालिका ६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङ्ले आफ्नै मकै बारीमा आमालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको बताएका छन् । तमाङले उनकै आमाको हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । तमाङलाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।