भक्तपुरमा २१ वर्षीया महिला बलात्कार

काठमाडौँ । भक्तपुरमा २१ वर्षीया महिला बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सूर्यविनायक नगरपालिका ९ बासघारीस्थित रुहोसा रिसोर्टमा मनिषले जबरजस्ती बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।