गोबरैयामा दिउँसै लुटपाट

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय नागारीकले बुधबार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु १ लाख पैसा सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ ।