अब नगद रकम सिधै मेसिनबाट जम्मा गर्न सकिने

काठमाडौँ । एन आई सी एशिया बैंकले अब नगद रकम सिधै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने छन् ।

प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार यस सेवा मार्फत बैंकमा गई ग्राहकहरूले आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट रकम जम्मा गर्न सक्ने व्यवस्था ल्याएको हो । बैंकले मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था गरेको छ । ग्राहकहरुले आप्नोे खातामा दैनिक अधिकतम ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको यस बैंकको नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले ऋबकज च्भअथअभिच मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखि वा खाता नम्बरबाट मेसिनमा रहेको रकम जम्मा गर्नेे बक्स खुल्नेछ । उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरीदिने छ । आप्नो खातामा रकम जम्मा भएको जानकारी समेत ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत जानकारी दिर्ने व्यवस्था गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई सहज हुर्ने विश्वास लिएको छ । साथै, यस Cash Recycler मेसिनबाट ग्राहकहरूले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न सक्ने व्यवस्था ल्याएको छ ।