गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।

विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ । “विवाद भएर सबैलाई उनी नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुप¥यो, होइन भने विवाद आयो भनेर उनले राजीनामा दिनुप¥यो”, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहनुभएका सांसद श्रेष्ठले भने । यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराएको छ ।

“अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ । नेता श्रेष्ठले प्रश्न गरे “राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनु हुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?

सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरे । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिइएका छन् । उनले निर्वाचनमा विदेशी सहयोग नलिन पनि अनुरोध गरेको छ ।