एटिएम मेशिन फोर्न खोज्ने मगर पक्राउ

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका ८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।