लब्लीडाँडामा १३ वर्षीया बालिका बलातकृत

काठमाडौँ । कास्कीमा १३ वर्षीया बालिका बलातकृत भएकी छन् । उनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका १३ बस्ने पर्वत कुश्मा नगरपालिका ६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति लब्लीडाँडामा लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।