झापा–४ मा एमालेका साँवा विजयी

काठमाडौं । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद एलपी साँवा विजयी भएका छन् । निर्वाचन अधिकृत प्रकाश गौतमले बताउए अनुसार उनले २९ हजार ३ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छने ।

अधिकृतका अनुसार घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् । १लाख २३ हजार १ सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४ सय ८३ मतदाताले मतदान गरेका बताएका छन् ।

यसैगरी ४ हजार ६ सय ४७ मत बदर भएको बताए ।