मकवानपुर क्षेत्र नं १ मा राप्रपाका सिंह विजयी

काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भन्दा २ हजार ३ सय ९३ बढी मत प्राप्त गरी राप्रपाका उम्मेदवार सिंह विजयी भएका हुन् ।

उम्मेदवार उपाध्यायले २५ हजार चार सय २३ मत प्राप्त गर्दा प्रतिनिधिसभातर्फ नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।