काभ्रेका ४ प्रदेशसभामा गठबन्धन विजयी

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका ४ वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन्। ढकालले २० हजार ७ सय २० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरेका छन ।

यस्तै प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा ३ मतले विजयी भएका छन्। उनले १९ हजार २ सय ८० मतसहित जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २ सय ७७ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका लक्ष्मण लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् ।

सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गरे भने एमालेका कुमार थापाले २१ हजार ९ सय ५७ मत प्राप्त गरे ।

जिल्लामा १ लाख ८६ हजार ९ सय ३५ ले मतदान गरेका थिए ।