सिरहा क्षेत्र–४ मा जसपाका महतो निर्वाचित

काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमाले जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार उनले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई ७ हजार ८ सय ८ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार १ सय २ मत प्राप्त प्राप्त गर्दा प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार २ सय ९४ मत प्राप्त गरेका छन्।