कसरी पत्याउने लकडाउन ? कसका लागि हो लकडाउन हेर्नुस् (भिडियो सहित)

काठमाडौं, वैशाख । कोभिड –१९ कोरोना संक्रमणले विश्वलाई त्राही बनाईरहेको छ । चीन बुहानबाट शुरु भएको यो संक्रमण नेपालसम्म आईपुग्दा ज्यान जानेको संख्या एक लाख नाघिसकेको छ । संक्रमणको संख्या र मृत्यु हुनेको संख्या बढेसँगै विश्वका अधिकांश देशहरुले कतै घोषित तथा कतै अघोषित लकडाउन गरेको अवस्था छ  । नेपालमा पनि लकडाउने भएको आज एक महिना वितेको छ । यो एक महिनाका अवधिमा हेर्ने हो भने दई दिन बाहेक वाँकी सवै दिन लकडाउन दुखि र गरिव जनताका लागि मात्र हो कि भन्ने देखिएको छ ।

लकडाउनका समयमा गरिव तथा विपन्न परिवारका जनताहरु भोकै नपरुन् भन्नका लागि स्थानीय सरकारले दैनिक जिवीको पाजर्नका लागि राहत वितरण गरिरहेको छ । तर ठूलो व्यापारीहरु भने यही लकडाउनको बहानामा नाफाखोरी जस्तै बनिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट वितरित सवारी पास पनि तिनै व्यापारीहरुका लागि मात्र हो की भन्ने सडकमा गुडेका सवारी साधनले पुष्टि गर्दछ ।

काठमाडौंका सडकमा सरकारले भने जस्तो दैनिक उपभोग्य सामग्री वा अत्यावश्यक बस्तु ढुवानी गर्ने साधन भन्दा बढी करोडौं मूल्य पर्ने चिल्ला गाडीहरु गुडेको देख्न सकिन्छ । जव मुलुकमा संकट पर्दछ तव नेपालका कालाबजारीहरु र माफियाहरु सल्बलाउन थाल्नेछन् विभिन्न रुपमा भन्ने आरोप पनि बेला बेलामा लाग्दै आईरहेको छ । कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेका बेला कुटनीतिक नियोगको गाडी प्रयोग गरेर गरिएको कालोबजारीले स्पष्ट पार्दछ कि लकडाउनका बेला किन कुदिरहेको छन चिल्ला गाडी भन्ने कुरा । काठमाडौंमा कस्ता सवारी कुदिहरको छन् लकडाउनका समयमा हेनुृस् भिडियो र आफै अनुमान गर्नुस् यी सवारीहरु किन कुदिरहेका होलान् ?