भीम उपाध्यायलाई पक्राउ र थुनामा राखेर झुठ लुक्ला ?


काठमाडौँ, बैशाख। सत्ताको स्वादलाई कसैले तितो पार्ने प्रयास गरे त्यसलाई फाँड्ने सोचले अगाडि बढ्नेको वर्तमान सरकारको नेतृत्वको शासन निरंकुशतातिर ढल्किरहेको छ भन्ने पुष्टि भएको छ पूर्व सचिव भीम उपाध्यायको पक्राउ र तीन दिन थप थुनामा राख्ने आदेशले ।

नेपालको संविधानले प्रत्येक नेपालीलार्य विचार र अभिव्यक्तिको स्वतन्त्रताको हक छ । त्यही हकलाई प्रयोग गर्दै सामाजिक सञ्जाल फेसवुकमा आफ्ना भनाई राखेकै भरमा पूर्व सचिव उपाध्यायलाई प्रहरीले पक्राउ गर्नु पक्क पनि न्यायोचित भने हुँदै होइन ।

सरकारको विरोध गर्ने जो कोहीलाई पनि या वा त्यो बहानामा सरकारले धरपकड गर्न सक्छ, थुनामा राख्न सक्छ भन्ने पछिल्लो उदाहारण हो भीम उपाध्यायलाई थुनामा राख्ने आदेश । वैशाख ११ गते उपाध्यायलाई थप थुनामा राख्ने आदेश दिईरहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले लिएको सत्ता जनताको नासो भन्दै राजनीतिक दलहरुलाई सुम्पेर लोकतन्त्र घोषणा गरेको दिनमा नागरिकको हक खोस्ने काम गर्नु भनेको राजा भन्दा तानाशाही बन्दैछ वर्तमान सरकार भन्ने पुष्टि गर्न सकिन्छ ।
हुन त विश्लेषकहरु आफनो डिङ हाकिरहेका छन् ।

विश्लेषकहरु पनि राजनीतिक दलहरुको झोले कार्यकर्ताहरु जस्ता आफ्नो स्वार्थ अनुकूल विश्लेषण गर्ने भएका कारण पनि मुलुकले यस्तो हविगत भोग्नु परेको हो । भीम उपाध्यायलाई पक्राउ गरी थुनामा राख्नु कुनै पनि हालतमा वाक स्वतन्त्रता भन्न मिल्दैन ।

उपाध्यायले सत्य कुरा आफ्नो व्यक्तिग फेसवुकमा राखेका हुन् । उनलाई यदि पक्राउ गर्ने र थुनामा राख्ने हो भने प्रधानमन्त्रीका सूचनाप्रविधि सल्लाहकार जसले अरुको समाचार नै डिलिट समेत गर्न भ्याएका थिए उनलाई चाहि सरकारले थुनामा राख्नु पर्दैनथ्यो ?
भिम उपाध्यायलाई तत्काल रिहा नगर्ने हो भने अव आम नागरिकले स्वतन्त्र रुपमा बोल्न पाउँछन् लोकतन्त्रमा भन्नु वेकार हुन्छ ।