कंगनाको चलचित्र ‘तेजस’को सुटिङ हुँदै

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनोटको नयाँ चलचित्र ‘तेजस’को सुटिङ आगामी डिसेम्बरबाट सुरु हुने भएको छ।

‘तेजस’मा कंगना लडाकु विमानको पाइलटको भूमिकामा देखिने छिन्। चलचित्रको फष्टलुक पनि सार्वजनिक भइसकेको छ। सार्वजनिक गरिएको लुकमा कंगनाले एयरफोर्स पाइलटको युनिफर्म लगाएकी छन्। कंगनाको टीमले चलचित्रको औपचारिक घोषणा गरेको छ। चलचित्रको निर्देशन सर्वेश मावराले गर्नेछन्।