कांग्रेस संसदीय दलको बैठक सुरू

फाईल तस्बिर

काठमाडौं । नयाँ बानेश्वरमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ।

दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवासहित बैठकमा कांग्रेसका सांसदहरू सहभागी छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार सदन अवरोध गरिरहेको विषयमा पनि कांग्रेसले छलफल गर्न लागेको छ।

सुन प्रकरण छानबिन गर्न एमालेले उच्चस्तरीय समिति गठनको माग गरेको छ तर कांग्रेससहित सत्तापक्ष यसमा तयार देखिएको छैन।

सभापति देउवाले बिहीबार निवास धुम्बाराहीमा पनि संसदीय दल कार्यसमिति बैठक राखेका थिए। संसदीय दल बैठकमा सांसद सुनिल शर्मा पक्राउ परेकोबारे पनि कुराकानी हुनेछ।