फिल्म ‘जुलेबी’ १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

काठमाडौं । भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ ले एडल्ट सर्टिफिकेट पाएको छ।

सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएसँगै १६ वर्ष मुनिका दर्शकले फिल्म हेर्न नपाउने भएका छन्। यो फिल्मको कथा रत्नपार्क वरिपरि घुमेको छ।

एथोलजी विधामा रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदी, समीरमणि दीक्षितलगायत कलाकारको अभिनय छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरको फिल्मलाई आभा शर्माले निर्माण गरेकी हुन्। फिल्मको कार्यकारी निर्माता नविन भट्ट छन्।

विवेक खड्काले छायांकन गरेको फिल्मलाई अजय खड्काले सम्पादन गरेका छन्।

फिल्मका निर्देशक तथा लेखक गणेश देव पाण्डे हुन्। यसअघि उनले फिल्म ‘मन्जरी’ र ‘गाजा बाजा’ निर्देशन गरिसकेका छन्।