कुर्सीलाई प्राथमिकतामा राख्दा, हत्केलाको पनि पोखिने डर

साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन सबथोक छ

असंख्य राग छ, अनन्त भोक छ

केबल हर्ष छैन,

त्यहाँ यसमाथि रोक छ

यहाँ के छैन सबथोक छ ।

– भूपि शेरचन ।

कृषिप्रधान देश कुर्सी प्रधान बनेको छ । आहा ऽ कत्ति मज्जाले घुम्ने कुर्सी रैछ । लच्किँदो पनि रहेछ । टिके नियुक्ति पाए लगतै जिम्मेवारी सम्हाल्न पुगेको हर्केको सरकारी कुर्सीमा बस्ना साथ फुस्किएको बोली । वरपर त्यही कार्यालयका हनुमानहरू थिए । हर्केसँगै थियो अर्को पावरवाला चश्माधारी फुर्के प्रशासक । हर्केको आहा ऽ शब्दले फर्के प्रशासकको मन फुरूङ चरि उडे जस्तै उड्यो । दंग पर्दै, चश्मा यस्सो नाकको डाँडीमा सार्दै फुर्केले भन्न थाल्यो, ‘श्रीमान्, यो हजुरका लागि आजै मात्र जिन्सीबाट झिकाएको । हजुरको कोठामा अत्तर पनि छरिदिएको छु ।’  दायाँ कुनामा देखाउँदै, त्यो गुलाफको फूल नक्कली हैन हजुर नर्सरीबाट ल्याएको । त्यो चाहिँ हप्तै पिच्छे फेरिन्छ । अनि यो चाहि बास्ना आउने इन्द्रकमलको फूल हजुरलाई मन पर्छ भनेर ‘महारानी’ ले तार चिठ्ठीमा भन्नु भाकाले । ठिक छ नि हजुर । चाकरी बजायो ।

चश्माधारी फुर्के प्रशासकको गणेशाय नमःमा दंग परेका हर्के मुस्कुराउँदै भन्छ, ‘ठिकै छ, यो नयाँ चाहिँ नकिनेकै भए हुन्थ्यो, पुरानैले काम चलाएको भए भईहाल्थ्यो नि ।’ सोध्दै नसोधी किनिहाल्नु भएछ । मुस्कुराउँदै प्रशासक फुर्के भन्छ, हैन हजुर यो त सिष्टम हो । पुरानो श्रीमान् बसेर गएपछि नयाँ श्रीमानलाई नयाँ नै चाहियो नि  होइन र रु

ठिकै हो । कसको ग्रहदशा के हुन्छ के था रु जे गर्नुभो, ठिकै गर्नु भो ।

फुर्के प्रशासकसँग नेपाली फाइल बायाँ हातको काँखीमा च्यापेर बसेको टंकेश्वरले नयाँ घुम्नेकुसीमा बसेका साइँदुवालाई विन्ति गर्छन् । घरमा महारानीका लागि कुन सवारी पठाउँ हजुर रु रातो कि सेतो रु दुवै नयाँ नै हुन्, अस्ति भर्खर टेण्डरबाट किनेको । साइँदुवाले दुवै हातमा लड्डु भने जस्तो । आउन पाको छैन सुविधै सुविधा । केही घण्टा अघिसम्म हर्केकी स्वास्नी केही घण्टा पछि नै ‘महारानी’मा परिणत भई ।

चाकरी गर्नेको कार्यालयको ढोकाबाहिरदेखि नै एउटा लस्कर छ । सयपत्री फुलमा जरी मिसाएर उनेका माला हर्केलाई लगाउन आतुर छन् । सवैको मुहारमा यति खुशी देखिएको छ कि मानौ १९५० को सन्धिमा गुमेको ‘अखण्ड नेपाल’ नै जितिसक्यौं ।

हर्के मनमनै फुरूङ्ग छ । यो गणतन्त्र त्यसै त कहाँ ल्याका रैछन् र रु  म जावो हर्केले एउटा नियुक्ति पाउँदा त यस्तो विध्न छ । यो भन्दा ठूलो पद पाउनेहरूको अवस्था के हुन्छ रु टुँडिखेलमा सुकिला मुकिला भन्दै कुर्लेका छविलाल हुन् किन मान्छेको भीड हेरेर उखानको रसस्वाद पस्कने खड्गप्रसाद किन छाड्थे पद । त्यसै भकभकेलाई फेरि पनि प्रधानमन्त्री चाहिया रैछ र बल्ल पो कुरा बुझ्दै छु । हर्के एकोहोर भित्तामा टाँगिएको शहिदहरूको फ्रेममा हेरेर टोलाउँछ । टोलाइरहन्छ ।

हर्के टोलाएको देखेर वरपरका चाकरीदारहरू मुखामुख गर्छन । चश्माधारी फुर्के प्रशासक देव्रे हातले आफ्नो नाकको डाँडीमा अड्काएको चश्मा अलि माथि सारेर नयाँ साइँदुवालाई तलदेखि माथिसम्म नियाल्छन् । अनि मुख मिठ्याउँदै भन्छन्, ‘के भो हजुर’ रु प्रशासकको आवाजले झस्किँदै हर्के भन्छन्, शहिदहरूको नाममा एकछिन ‘मौनधारण’ गरेको १ कुसीमा बस्नु भन्दा पहिले उहाँहरूलाई स्मरण गर्नुपर्छ नि रु उहाँहरूकै बलिदानबाट प्राप्ति उपलब्धी हो यो ।

हर्केको कुरामा सहमत जनाउँदै टकेश्वरले बोली फुटाउँछ । हो हजुर उहाहरूसँग हजुरहरूले निक संघर्ष गर्नु भएको थियो र पो योे दिन आयो त ।

टंकेले च्यापेको फाइल तान्दै फुर्के प्रशासकले टेवलमा राख्छन् । हजुर अव पदबहाली गरेपछि पहिलो एउटा साधारण टिप्पणीमा सदर गर्नुपर्छ हजुर । रेकर्ड फाइल भित्रको नेपाली कागजमा लेखेको टिप्पणी बुझाएको जस्तै गरी फुर्केले फुर्काउँछ ।

हर्केले पढ्न त के भ्याउने उनै फुर्केलाई के गर्नु पर्ने हो भन्दै सोध्छ ।

केही छैन हजुर कर्मचारी कै साधारण सेवा सुविधाको कुरा छ । हजुरले सदर लेखिदिए हुन्छ । रातो कलम थमाउँदै फुर्केले भन्छ । हर्के सदर लेखेर हस्ताक्षर गर्छ । भयो हजुर यत्ति भए । अव हजुरलाई शुभकामना दिन साथीहरू लाइनमा छन्, त्यो सकौं अनि हजुरको निर्देशन चाहियो ।

फुर्केले भने जस्तै हर्केले कार्यालयमा कार्यरत गणेशजीहरूको शुभकामना लिन्छन् निर्देशन दिन्छन् । ‘हेर्नुस हामीहरू ‘घिउ खान्या र दुध खान्या’ कामलाई आजै देखि वन्द गर्नु पदर्छ, बुझ्नु भो नि रु धेरैले त्यही विषयमा चिन्ता गर्नु भएको छ । यो कार्यालय त्यही कारण पनि वदनाम भएको छ । त्यसकारण जे सुकै भन्नुस्, आजबाट कुनै पनि नगद वा जिन्सी उपहार लिन छाड्नुस् । त्यस्तो थाहा भयो भने कारवाही हुन्छ । विगतमा जे भयो भयो । अव नयाँ जोशका साथ शहिदको सपना साकार पार्नुपर्छ ।

फुर्केले नाक डाँडीमा अड्काएको चश्माको थोरै माथि आँखा पारेर  थप्छ, हजुरको निर्देशन अनुसार नै कार्यालय बढ्छ हजुर । केही चिन्ता मान्नै पर्दैन । सरकारले तलव दिएको छ । सेवा सुविधा दिएको छ । पुगिहाल्छ नि ।

फुर्केको कुरासँग हर्के सवैलाई आआफ्नो कार्यकक्षमा गएर काम गर्न निर्देशन दिन्छन । सवै बाहिरिन्छन् । अव फुर्के प्रशासक र हर्केमात्र छन वन्द कोठामा । फुर्केलाई केही भनौ भनौ लागिरहेको छ । हर्केलाई पनि केही सोधौ सोधौं भईरहेको छ । दुवै एक अर्काको मुखामुख गर्छन् । अनि हर्केले फुर्केलाई भन्छ, ‘केही सोध्नु खोज्नु भएको हो रु ’ भन्न मिल्ने हो कि नमिल्ने हो हजुर रु फुर्केको चिल्लो घसेर कुरा अघि बढाउँछ ।

भन्नुस् भन्नुस किन नमिल्ने रु हर्केले आदेश दियो ।

उसले आँट गरेर भन्छ , ‘हजुरको निर्देशन अलि कडा भयो कि भनेर । अव विरालोलाई दूध नखा भनेर नि हुन्छ त हजुर रु यहाँ आउनुहरू कसरी आउँछन् भन्ने कुरा त हजुरलाई भनिरहनु पर्छ र रु

फुर्केको कुरा सुने पछि हर्के मुसुक्क हाँसेर सम्झाउँछन् ।

तपाइँ पनि कस्तो मान्छे । त्यो भाषण गर्ने बेला भन्ने कुरा पो त १ यहाँ सुन्नुस म हरेक वैठकमा घिउ खान्या र दुध खान्या छोड्नुस भन्छु । तर तपाईहरूले हरेक फाइलमा ‘सिस्टम’ को कुरा सँधै बेलुका मलाई बुझाउनु होला । त्यही अनुसार तपाईले कानोकान ‘सर्कुलर’ गर्नु । बेलुका सम्भव नभए भोली पल्ट विहान मर्निङ वाकमा विशेष बैठक बस्नुपर्छ ।

प्रशासक फुर्के दंग पर्छ र भन्छ, हुन्छ हजुर । हजुरको निर्देशन शिरोधार्य छ । ‘सिस्टम इज सिस्टम’ हजुर अव हाम्रो कार्यालयमा कुनै पनि किसिमको भ्रष्टाचार हुन दिने छैन हजुर । विगतदेखि चल्दै आएको ‘सिस्टम’ मा थप मजबुत बनाउने छौं । आदेशको पालना हुनेछ ।

आखिर छेपारो त छेपारै हो नि । – वैकुण्ठ भण्डारी