यसरी परे आगोमा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य

पोखरा । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन उद्घाटनको कार्यक्रम शनिबार राखेको थियो । सो कार्यक्रममा सहभागी हुन संघीय सरकार अर्थमन्त्री विष्णु पौडेल पनि पुगेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पर्यटन मन्त्री बद्री पाण्डे र पोखरा महानगरका मेयर धनराज आचार्य मञ्चमा आसिन थिए ।

आउने पाहुनाहरु सवै मञ्चमा थिए । रगशाला धुमधामले सिँगारिएको थियो । स्वदेशी देखि विदेशहरु उत्साह मनाउने तयारी गरिरहेका थिए । जव उद्घाटन गर्ने बेला आयो तव प्रमुख अतिथि बनेको अर्थमन्त्री विष्णु पौडेल र महानगरका मेयर आचार्य इलेक्ट्रिक स्वीच राखिएको स्थानमा गए । अरु मञ्चमा आसिन मुख्य मन्त्री, पर्यटन मन्त्री लगायतका पाहुनाहरु भने आआफ्नै स्थानमा उभिए ।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा पोखरा रंगशालामा इलेक्ट्रिक स्वीच थिचेर बेलुन उडाउने क्रममा बेलुन फुट्यो र हवारहर्वाती आगो दन्कियो । बेलुनमा आगो लागेपछि स्वीच नजिकै रहेका अर्थमन्त्री र मेयरलाई आगोको लप्काले भेटिहाल्यो । अरु त भाग्न सफल भए तर यी दूई जना भाग्ने प्रयास गर्दै गर्दा आगोले भेटिहाल्यो ।

आगोका लप्काका कारण अर्थमन्त्रीको हात र गालामा अनि मेयरको गाला लप्काले जलेको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । दुवैजनालाई उपचारका लागि काठमाडौ किर्तिपुर स्थित बर्न अस्पताल पु¥याईएको छ । तस्वीर :सामाजिक सञ्जाल