काठमाडौं । आफूलाई गीतकारमा रुपमा प्रस्तुन गर्ने शिल्पा कर्ण समाचार लेखनमा मात्र होइन गीतका शब्द कोर्न पनि उत्तिकै माहिर छन् भन्ने कुराको प्रमाणित भर्खरै सार्वजनिक भएको ‘वितेका कुरा’ गीतले गरिदिएको छ । बैदेही उपनाममा चिनिने शिल्पा कर्णको शब्दमा गायक ज्ञानेश कुमार कर्णको स्वर रहेको छ वितेका कुरामा भ्यालेन्टाइन डेको अवसर पारेर शुक्रबार साँझ युट्युबमार्फत् कर्णका कर्णप्रिय गीत सार्वजनिक भएको हो।
गीतमा स्वर, संगीत रचना र लय गायक ज्ञानेशको छ। संगीत व्यवस्थापन राजु शाह र भिडियो छायांकन, निर्देशन र सम्पादन रणधीर श्रेष्ठले गरेका छन्।
म्युजिक भिडियोमा मुख्य भूमिकामा अशोक आर्यन यादव र शुभेच्छा पौडेल छन्। लामो समयपछि अचानक भेटिएका पूर्वप्रेमीको कथा भिडियोमा देखाइएको छ। कथा तथा स्क्रिप्ट वैदेहीले नै तयार गरेकी हुन्।
Add Comment