उद्योगी मोतिलाल दुगडको सक्रियतामा किशोर प्रधान एमालेमा छिरे

काठमाडौं । सत्ताको नजिक हुने र आफूले गरेका कर्तुतहरुलाई शक्तिको आडमा लुकाउने प्रयास नेपालका ठूला व्यापारीहरुले प्रजातन्त्र प्राप्ति पछि अर्थात २०४८ पछि धेरै नै गरिएको देखियो । नेपाल उद्योग बाणिज्य महासंघमा पद हडप्नका लागि पनि विभिन्न राजनीतिक दलको खोल ओडेर आफूलाई व्यापारी भनि टोपल्नेहरु पनि प्रशस्त छन् ।

प्रजातन्त्र प्राप्तिदेखि माओवादी युद्ध हुँदै मुलुकमा राजतन्त्र अन्त्यका बेलासम्म पनि व्यापारीहरुले शक्ति पूजा गर्दै सोही आडमा आफ्नो स्वार्थ पूर्ति गरिनै रहे जुन अहिलेसम्म पनि चलिरहेका छ ।
राजनीतिक दलहरुमा समावेशीका नाममा घराना व्यापारीहरुलाई समानुपातिक प्रणालीमा संविधानसभादेअि अहिलेसम्म पनि सांसद बनाइएकोले पनि धेरै कुरा उल्लेख गरिरहनु नपर्ला !

साल्ट ट्रेडिङ्ग कर्पोरेशनका आयो नून खरिद गरेर आफ्नै ब्राण्डमा चर्को मूल्यमा जनतालाई विक्री गर्दै लुट मच्चाईरहेका व्यापारी एवं प्रधानमन्त्री आर्थिक सल्लाहकार मोतिलाल दुगडले अहिले व्यापारीहरुलाई एमालेमा प्रवेश गराउने अभियान नै चलाएका छन् ।

सत्ताको नजिक भएर राजश्व छलीदेखि अनेकौं बदमासीलाई ढाकछोप गर्न पनि यतिखेर व्यापारीहरु ओली निकट बन्ने प्रयास गरिरहेको र पार्टी प्रवेशको नक्कली छवि देखाइरहेको उद्योगी तथा व्यवसायी किशोर प्रधानले स्पष्ट पारिदिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनसम्म कांग्रेस नजिक रहेका प्रधान अहिले एकाएक मोतीलाल दुगडको पुच्छर लागेर एमालेमा प्रवेश गरेको चर्चा चलेको छ । प्रधानको एमाले प्रवेशका विषयमा उनीसँग प्रतिक्रिया लिने खोज्दा उनी भन्छन्, ‘समय अनुसार चल्नु पर्ने वाध्यता भयो’ । उनी जस्तै धेरै व्यापारी वाध्यतामा नै परेर होला सायद अहिले प्रधानमन्त्री ओलीसँग नजिक हुन पार्टी नै प्रवेश गरेका छन् ।

एमाले पार्टीमा प्रवेश गरेका व्यापारीहरु ओली नेतृत्वको सरकारको नजिक भएर राष्ट्रलाई खोक्रो बनाउने अभियानमा सफल हुन नपाउँन् । पूर्व एमाले व्यापारीहरुले प्रधान जस्ता स्वार्थी र पदका लागि जे सुकै गर्न पनि पछि नपर्ने मोतीलाल दुगडहरुलाई निगरानी गर्न सक्लान् कि नसक्लान् ?
एमाले प्रवेश गरेका प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित भएका थिए । पहिलोपटक शेखर गोल्छासँग पराजित भएका थिए भने यसैवर्ष उनले चन्द्र ढकालसँग हार बेहोरेका थिए ।
प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी पनि पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन् ।