चीनले अनुदानमा दिने स्वस्थ्य सामग्रीको हाउगुजी र त्यसको वास्तविकता

काठमाडाैं । काेराेना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री अनुदानस्वरूप दिन लागेको छ । अनुदानमा पाएकाे सामग्री पनि ल्याउन नेपाललाई सकस छ । प्लेनबाट बाेकेर ल्याउन त्याे भाडा नेपाल सरकारले तिर्न सक्ने अवस्था छैन । सरकारलाई  देशभरका छाेटे राजा पाल्न नै मुस्किल छ । यस्ताेमा सांससद तथा जनप्रतिनीधिले आफ्नो भत्ता र सुविधा घटाए पनि केही राहत हुन्थ्याे । तर, उनीहरू अझै बढी पाउने लालसामा छन् ।

 

रामबहादुर थापा हेलिकप्टर चढेर उम्मेद्वारी दिन गएकाे त सबैले थाहा पाइहाल्नुभयाे । यहाँकाे राजनैतिक खेलहरू एकछिन थाती राखेर ढिलै भए पनि सित्तैमा पाइएकाे स्वास्थ्य सामग्री  लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नम्बर आरए–४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने निश्चित भएको जानकारी दिए । त्याे सामग्री  नेपाल भित्रिएपछि सरकार र तिनका गुलामहरूले सरकारले ठूलाे काम गरेकाे भन्दै सामाजिक सञ्जालमा दुर्गन्ध छर्ने नै छन् । नेपालमा सित्तैमा पाइएकाे स्वास्थ्य सामग्रीकाे बेचबिखन र त्यसकाे कमिसनका कुराहरू फेरि निस्कने नै छन् ।

जहाजले पहिलो खेपमा ४०० वटा सिलिन्डर ल्याउने भनिएकाे छ । त्यसकाे खपत केही हप्तामा भइहाल्छ । त्यसपछि जनताका मृत्युका समाचारले ठाउँ पाउने हाे । अहिले छापामा अक्सिजन सिलिन्डर कति घण्टाकाे उडानपछि नेपाल ल्याइन्छसम्मका कुरा छापिएका छन् । नेपाल ल्याइने बेलासमयसम्म  कति मान्छेले ज्यान गुमाउने छन् भन्ने कुराकाे लेखाजाेखा भएकाे छैन । खैर, चिनले दिने स्वास्थ्य सामग्री सरकारकाे बलबुताले पाएकाे हाेइन । याे चीनकाे माया, दया , थाेरै स्वार्थ पनि हाेला त्यसले पाइएकाे हाे । त्यसलाई हाउगुजी बनाउनु एक किसिमकाे अपराधै हाे ।