माओवादी सांसदलाई पाठ पढाउँदै प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासमा मत लिँदै छन्। त्यसअघि माओवादी संसदीय दलको बैठक बसेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गर्ने सांसद देवेनद्र पौडेलले बताए। दाहाल अहिले सिंहदरवार पुगिसकेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीले विश्वासको मतलाई असफल बनाउने निर्णय गरिसकेको छ।

प्रचण्डले पार्टीका सांसदहरूलाई कसरी अगाडि बढ्ने भन्नेबारे जानकारी गराउँदैछन् ।