काेराेनाले वीरगन्जमा थप ४ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट सोमबार थप ४ जनाको मृत्यु भएको छ । सोमबार बिहान नारायणी अस्पताल ३ र वीरगन्ज हेल्थ केयर हस्पिटलमा १ जनाको मृत्यु भएको हो ।  नारायणी अस्पतालमा उपचाररत बाराको जितपुर सिमरा उपमहानगरपालिका १४  बेहरीका ७० वर्षीय पुरुषको सोमबार बिहान पौने ११ बजे मृत्यु भएको छ । वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना भएका उनको त्यही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।