‘योजना पूरा नभएको भए म कसरी धरहरा चढें ?’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा  ओलीले  निर्माण पूरा नै नभई  याेजनाकाे उद्घाटनमा रमाएको भन्न आरोपको खण्डन गरेका छन्। विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन्।  ‘धरहरा तयार नभएकाे भए म कसरी म टुप्पामा पुगेँ त?’, ओलीले आफूमाथि प्रश्न गर्नेहरुलाई उल्टै सोधे, ‘धरहरा बनेको छैन भन्नेहरुले गएर चढ्नु होला। बरु चढ्नेलाई सहजीकरण गरौँला।’

उनले नागपोखरीको मेरियट होटलबाट एमाले नेता माधवकुमार नेपाललाई पनि धरहरा देखाएको भन्दै सांसदकाे प्रश्नकाे प्रतिरक्षा गरे ।  ‘माधव नेपालले धरहरा देखायो भनेर भाषण गरेछन्’, उनले भने, ‘अचम्म लाग्यो सबैतिरबाट छर्लङ्ग देखिने रहेछ भनेको थिएँ तर अर्कै कुरा पो गरेछन्।’