Latest Articles

सुनको मूल्य घट्यो, कति पुग्ला प्रतितोला ?

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सयले घटेर ९७ हजार १ सयमा कारोबार भएको छ । पहेंलो धातु अघिल्लो दिन तोलामा ९८ हजार ९ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीमाथि सामुहिक बलात्कार चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका २४ वर्षीय रितेश...

महोत्तरीमा बोलेरोले ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौँ । जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिबास नगरपालिका ३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेका छन् । उनको...

डिएपी आइसक्यो, युरिया मल असारको पहिलो सातामा ल्याउने

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो र बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल...

विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिकार्यमा गम्भीर भएर लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय एवं...

अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता

काठमाडौँ । रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ...

नेप्से परिसूचकको पहिरो थामिएन, आज पनि दोहोरो अङ्कले ओरालो

काठमाडौँ । आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर २ हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर...

बसको ठक्करबाट एक अटो चालकको मृत्यु

काठमाडौँ । पूर्व, पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनार रहेका छन् ।

आज बिहान २ बजे...

तराईका जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढ्यो

काठमाडौँ । तराईका जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश...

दुई बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको...