Latest Articles

ब्रोकरमार्फत पनि ७० प्रतिशत सम्म मार्जिन कर्जा पाइने

काठमाडौँ । सेयर बजारका लगानीकर्ताले अब ब्रोकरमार्फत पनि ७० प्रतिशत सम्म मार्जिन कर्जा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा संशोधन गर्दै यस्तो व्यवस्था गर्न नेप्सेलाई...

८०८ जनाको पीसीआर गर्दा ९१ संक्रमित

काठमाडौँ । प्रदेश १ का ५ वटा प्रयोगशालाले पछिल्लो २४ घण्टामा ८०८ जनाको पीसीआर परीक्षण गरेका छन्। परीक्षण गरिएका मध्ये ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

बुधबार मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा...

उकालो लाग्यो नेप्से

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ९.३७ अंकले बढेको छ। बढेको बजार १५५५.५२ अंकमा पुगेर रोकिएको हो।

परिसूचक उकालो लागे पनि कारोबार भने एक अर्ब ७२ करोड ७८ लाखमा सिमित भएको छ।

आज १९४ कम्पनीको ५८ लाख ६२ हजार सेयर किनबेच भएको...

१५ लाख फिरौती नदिँदा बम विस्फोट गराउने व्यक्ति पक्राउ

काठमाडौँ । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको छ।

बारा परवानीपुर गाउँपालिका(१ का ३६ वर्षीय कपिलदेव महतोलाई गएराति घरबाटै...

बागमती प्रदेशका १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

काठमाडौँ । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया...

त्रिविका सबै परीक्षा छठलगत्तै, दसैंअघि नै रुटिन आउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी यातायात सञ्चालन

चितवन । हिजोदेखि परेको अविरल वर्षाका कारण मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका चारकिलो डाँडामा आज विहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भए पछि नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे...

राप्रपाको एकता महाधिवेशन आगामी वैशाखमा हुने

काठमाडौं । पूर्वपञ्चहरुको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन २०७८ वैशाखमा हुने सो पाटीले जनाएको छ । पार्टी केन्द्रीय सचिवालले सार्वजनिक गरेको विज्ञप्ति अनुसार एकता महाधिवेशनको मिति २०७८ वैशाख...

बीर अस्पतालमा कैदीको मृत्युबारे के भन्छ अस्पताल

काठमाडौँ । देशकै पुरानो अस्पतालका रुपमा रहेको बीर अस्पतालमा एक कैदी विरामीको मृत्युको प्रकरण यतिखेर सामाजिक सञ्जालमा निकै चर्चित बनिरहेको छ । मृतक आफन्तले अस्पताल पुगेर विरामीको स्वभाविक मृत्यु नभएर हत्या गरिएको भन्दै...

श्रीमती जिस्काएको निहुँमा ६५ वर्षीय वृद्धमाथि खुकुरी प्रहार

काठमाडौँ । सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।

इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षीय चन्द्रबहादुर कोइरालालाई श्रीमतीलाई जिस्काएको भन्दै खुकुरी...