Latest Articles

पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

काठमाडौँ । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । उक्त घटनमा अन्य ९ जनाको घाइते भएका छन् । बस पुरिँदा मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् ।

कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर...

समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ ।

चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र...

बिहे भोज खाएका ८० बढी बिरामी

काठमाडौँ । पाल्पाको बगनासकालीस्थित चिर्तुङधारामा बिहेको भोज खाएपछि ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् । बगनासकाली–१, चिर्तुङधारा स्थित घोर बन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोर बन्दा बुढाखान्डे, भाङ जेली...

आज समानुपातिकतर्फको मतगणना सकिंदै

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ ।

मंगलबार बिहान ६ बजेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा...

सताक्षीधाम जाने सडक कालोपत्र

काठमाडौं । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले...

आज पोर्चुगल–स्विट्जरल्यान्ड भिड्दै

काठमाडौं ।आज विश्वकप २०२२ को अन्तिम १६ मा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्दै छन् । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।

पोर्चुगलसँगको खेलमा दक्षिण कोरियासँग पराजित थियो ।...

आर्थिक तरलता : पाँच सहकारी समस्यामा

काठमाडौं । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।

भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका...

पुलबाट ट्रक खस्दा १ को मृत्यु

काठमाडौं । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुलबाट ट्रक खस्दा १ को मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटना हुनेमा ट्रक चालक धादिङ घर...

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

काठमाडौँ । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि...

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने...