काठमाडौँ सप्तरीमा हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएपछि उत्सव मनाउन सार्वजानिक बिदा गरेको छ । रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिएको छ ।
निर्वाचनमा विजयी भएका पदाधिकारीहरूको विजय उत्सव मनाउनका लागि पालिका विभिन्न क्षेत्रका स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सरकारी तथा गैरसरकारी कार्यालय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले सूचनामार्फत जानकारी दिएका छन् ।
नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ । ६ वटा वडा रहेको रुपनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा लोसपा विजयी भएका छन् ।
Add Comment