कार्की पुरातन बर्गिकरण अनुसार क्षेत्री/क्षत्रीय,पहाडी राजपुत जातमा पर्ने थर हो । प्राचिन खस राज्यमा उनीहरूलाई कर अधिकृतको पद दिइएको प्रा. सूर्यमणि अधिकारी बताउँछन् । कार्की थरको नामाङ्कन कर अधिकृत भई कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो ।तर उहाँको कुरा निराधार हुन जान्छ।कार्की भनेको कर अधिकृत नभएर।पाखुरामा अधम्य साहस भएको भन्ने बुझिन्छ। प्राचीन खस भासामा कर को अर्थ पाखुरा(बाहु)र कि भन्नाले साहस भन्ने बुझिन्छ।तसर्थ कार्कीको अर्थ पाखुरामा अधम्री साहस भएको भन्ने बुझिन्छ।अर्को अर्थमा कर को अर्थ सुॠ,चन्द्र आदिको किरन भन्ने हुन्छ र यी किरन युक्त बेक्तीलाई करकी भन्ने गरिन्थ्यो।समय अनुसार बदलाव हुँदै कार्की रहन गयो। कार्की बहुसङ्ख्यक नेपाली थर हो । फोरबियर्सका अनुसार सन् २०१४ मा कार्की नेपालको छैटौं ठूलो थर थियो । यस थरका व्यक्तिहरू नेपालभर पाइने हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन् । कार्की थर भित्र पनि विभिन्न उपसमुहहरू रहेको पाइन्छ । रिखले कार्की ,लामा (कार्की), सुतार कार्की, मुडुला कार्की, खुलाल कार्की, खपतरी कार्की, रुमे कार्की, सिंजापति कार्की, गोदार कार्की, आदि कार्कीहरूको कुलघरान हुन् ।
मुडुला कार्की नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर कार्कीको एक कुलघरान हो। यिनीहरू मौदगल्य गोत्रका हुन् ।
नेपालीहरुले आ आफ्नो वंशावलीको इतिहास संकलनगर्ने क्रममा म्यान्मार (बर्मा) मा रहेका मुडुला कार्कीहरुको पनि आ आफ्नो वंशेलीइतिहास संकलनगर्ने जमर्को भएको छ । पुर्बकाल बाट नै मुडुला कार्कीहरुको वंशको इतिहास लाई विद्वानहरु आ–आफ्नो पबित्र बिचार साथै आफ्नो वंशका रहन सहन र रिति स्थिति परम्परागत चलन हरुको प्रमाण संग प्रस्तुत गरेको पाइन्छ ।
नेपालको कर्णाली अञ्चल मुडुली कोटमा मुदगल ऋषिको आश्रम समेत रहेको र कार्की हरुको राज्य रहेको पनि हुंदा मुडुली कोट कार्की भनिन्दा मुडुला कार्की भन्ने चलन रहदैं गयो । मुदगल ऋषिको आश्रम क्षेत्रका सन्तान हुंदा मौदगल्यगोत्र मानिन्छन् हुनत “कार्की” भन्ने सहि अर्थमा–आज्ञामा कारक वा आज्ञापालक–देश मुलुकमा सैनिक क्षेत्रमा सुरक्षा सुव्यवस्थामा आज्ञा दिइनेमा र राजा महाराजाको आज्ञा अनुसार कार्यहरु सैनिक हरुलाई कार्यक्षेत्रमा व्यवस्थित पार्न कुशल ब्यक्तीत्वको नाम नै कारकि अर्थात कार्की हो ।
कार्की राजा धामदेव कार्की मुडुली कोटमा बसि राज्य गरेको प्रमाण पनि छ । मौदगल्य गोत्रलाई पत्तो लगाउंदा मौडाल्यायन बाट (जस्ले २७ नक्षत्र मध्य अभिजित नक्षत्रको खोजगर्ने ऋषि मुडाल हुनाले मौदगल्यायन मुडाल र उन्का सन्तान मौदगल्य भएको हो । प्राचीनकालमा ऋषिमुनिहरु धेरै जसो ब्राह्मण वर्ग र क्षेत्री वर्गमा हुन्थे । वेद विधा पढेर ब्राह्मणको आचरण गर्नेलाई ब्राह्मण र देश सेवाकार्य गर्नेलाई कर्म अनुसार ब्राह्मण क्षत्रीको दर्जा हुने गर्थियो । हुनपनी विश्वामीत्र पैला राजाथिए, पछि तपस्यामा लागेर ब्रह्मऋषि भयपनि , मुदगलका जेठाछोरा इन्द्रसेनलाई पनि ब्रह्मऋषिमा मानिएको छ । यिनीहरुले आंगिरस गुरुकुल पक्ष लिएकाले आंगिरस मुदगला र कण्ठा कुल संग सम्बन्ध राखेकाले कण्ठामुदगला पनि भनिए, त्यती बेला मातृपक्षको समेत गोत्र वा वंशाको नाममा राखिने गरिन्थियो । ऋगवेद र अथर्व वेदका सुक्तहरु निर्माण कर्ता र गंकुवेदका मुदगल कठ शाखाको ब्याख्याताको रुपमा चर्चित महर्षी मुदगुलका सन्तान चेलामौदगल्य कहलाए । यसरि प्राचीनकालमा पुर्खाको र गुरुको पनि चेलाले गोत्र चलाउन हक हुन्थ्यो । मौदगल्यगोत्रमा–त्रिप्रवरमध्य मौदगल्य, आंगिरस, माम्यवच्चेती त्रिप्रवर हरु हुन । मौदगल्य गोत्रि मुडुला कार्कीहरु आजको युग सम्म ताकाधारी झरा क्षत्री अर्थात असली क्षेत्रीमा मानिन्छन् । त्यती बेला बाट नै कार्कीहरु शिवपच्चायन मान्ने, कुलपुजा गर्ने तुलसीको बोट नलगाउने, एकादशी हरिबोधनी नमान्ने, तिहारमा गाई नपुज्ने, सहि झरा क्षत्री र ब्राह्मण बाहेक अरुले पकाएको नखाने, विहे गरेर गएका चेलीहरुले मात्र पकाएको सेल र खिर खाने झरा क्षत्री बाहेक अरु क्षेत्रीहरुलाई आफ्ना चेलीनदिने, सतीजाने प्रथा स्वीकार नगर्ने जस्ता चलनहरुमा पनि दीर्घकाल सम्म कहरता देखिन्थ्यो ।
यस्को पछि कुनै न कुनै रहस्य रहेको प्रमाणिक कथा बताउँछन । मुडुला कार्कीहरुका संगोत्रिमा पर्ने हरुमा कोइराला, उप्रेती, तिम्ल्सिना, बेल्काणि हरु प्रवर मिल्ने संगोत्रि हुन । थरले जातिका स्थान क्षेत्र या कर्म विशेष र गोत्रले ऋषि कुलको परिचय दिन्छ । यसरी नै आफ्ना संगोत्रि हरु पनि अलग स्थान अलग्गै कर्मले गर्दा थर हरु फेरिएका हुन्छन् । मुडुला कार्कीहरु प्रायसो क्षत्री कर्ममा निपुण हुने हुँदा आदिकाल देखिनै साहसी, इमानदार, सुशील, निर्भीक न्यायप्रेमी परोपकारी आदि कार्यले कुलीन मानिन्छन् ।डा. केदार कार्की
Add Comment