काठमाडौं । विदेशमा आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीहरूलाई रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरका ३१ वर्षीय अशोक मोक्तान रहेका छन् । मोक्तानले ६ जनाबाट ११ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । यस्तै, सल्यानका ३२ वर्षीय टेक बहादुर घर्ती मगर पनि पक्राउ परेका छन् । उनले एक पीडितबाट २ लाख ८ हजार रुपैयाँ ठगेका थिए ।
यस्तै तनहुँका ४५ वर्षीय विमल आलेले एक जनालाई सर्बिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । तीनै जनालाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो ।
प्रहरीले संलग्न प्रतिवादीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाएको जनाएको छ।


Add Comment