काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनिप्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसाद विराजभक्त श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद शाहले भिजिट भिसा प्रकरणको उच्च स्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै छान बिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् ।


Add Comment