राजतन्त्र ढल्दा पनि नागरिक माथि भएको थिएन यति ठूलो आक्रमण

काठमाडौं । सोमबार जेनजी पुस्ताले गरेको भ्रष्टाचारको अन्त्य एवं सामाजिक सञ्जाल वन्दको विरोधमा निस्किएको जुलु्शले संसद भवन प्रवेश गर्न खोजे पछि सुरक्षा निकायले चलाएको गोली लागि अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् भने सयौ जेनजी पुस्ता घाईते अवस्थमा विभिन्न अस्पतालका उपचार गराईरहेको छन्
विहान ९ बजे शुरु भएको भेला नयाँबानेश्वर संसद भवन पुग्दा शान्तिपूर्ण भनिएको ¥याली आन्दोलनमा परिणत भएको थियो । आन्दोलनले उग्ररुप लिन लागेको भन्दै सुरक्षाकर्मीले हस्तक्षेप गर्दा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
२०६२÷६३ सालमा भएको शाही शासन विरुद्धको १९ दिन आन्दोलनका क्रममा बरु यति धेरै जनाले ज्यान गुमाउनु परेको थिएन । सोमबार भएको जेनजी पुस्ताको आन्दोलन शुरु भएको दुई घण्टाकै वीचमा १६ जनाले ज्यान गुमाउन अत्यन्तै दुखद रहेको छ । शाही शासनकालको भन्दा पनि कडा झझल्को दिने गरी भएको गोली प्रहारले सत्ताधारीलाई अलिकति पनि दुख भएको छैन होला ।
घटनाको विरोधमा कांग्रेस सांसदहरुले नै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । मानवअधिकारकर्मीहरुले सरकारले जेनजी पुस्तामाथि आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले परिस्थितिको आंकलन गर्न नसक्नु पनि सरकारको ठूलो कमजोरी भएको धारणा सार्वजनिक गरिसकेका छन् । सरकारले काठमाडौंका केही ठाउँमा कर्फयु जारी गरेको भएपनि आन्दोलनकारीले प्रतिकार गरिरहेका छन् ।
सोमबारको आन्दोलन कुनै सत्ता परिवर्तन वा व्यवस्था परिवर्तनको नभएता पनि सरकारले आन्दोलनकारी माथि अनावश्यक गोली बर्षाएको आरोप छ । जुन राजतन्त्र ढल्दा पनि भएको थिएन ।