सुमना श्रेष्ठ कसरी पुगिन् राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको शपथ ग्रहणमा

काठमाडौं । जेनजी आन्दोलनबाट राज्य सत्ता पल्टिएर अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले नेतृत्व सम्हाल्ने शपथ ग्रहणमा राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद एर्वं पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ पुगेकी छिन् । प्रधानमन्त्री कार्कीले शपथ ग्रहण गरे पश्चात शुभकामना दिने क्रममा जेनजी समूहसँग तस्वीर खिचाउन सुमना श्रेष्ठ (घेराभित्र) पुगेकी हुन् ।
जेनजी आन्दोलनमा रास्वपाका कार्यकर्ताहरुको घुसपैठ भएको र सोही घुसपैठका कारण नख्खु जेलबाट रास्वपाका सभापति रवि लामिछानेलाई बाहिर निकालिएको, १२ भाई मध्येका एक कान्तिपुर पव्लिकेशन र टेलिजिभनमा लागो लगाउने, सर्वोच्च अदालतको आगो लगाउने कार्यमा रास्वपाका कार्यकर्ताको संलग्नता रहेको आरोप लागिरहँदा नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पुगेकी सुमनाका कारण रास्वपामाथि लागेको आरोपलाई पुष्टि गर्ने संकेत मिलेको छ ।
वर्तमान संसद विघटन गर्न नहुने भन्दै उनकी सहकर्मी डा तोसिमा कार्कीले अभिव्यक्ति दिईरहँदा अर्को नेतृ सुमना श्रेष्ठ प्रधानमन्त्रीको शपथ ग्रहण पुगेर रमाउँदै तस्वीर खिचाउनुलाई रहस्यमय रुपमा हेरिएको छ ।