काठमाडौँ । हरेक बर्ष बैशाख कृष्ण औंशीका दिनलाई आमाको मुख हेर्ने दिनका रुपमा परापूर्वकालदेखि मनाउँदै आईरहेको छ । आमा हुनेहरुले विहान सवेरै आमाको मुख हेरी दण्डवत् गर्दै मिष्ठान्न भोजन तथा उपहार दिने चलन चल्दै आएको छ । भने आमा नहुनेहरुले दिवङ्गत आमाको सम्झनामा काठमाडौंकौ चन्द्रागिरि स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्ने चलन रहेको छ ।
सोही कारण पनि आज मातातीर्थमा आमाको सम्झनामा स्नान गरी दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ ।
हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ ।


Add Comment