काठमाडौंः तालिवानले अफगानिस्तानको राजधानी कावुलमा लिएपछि त्यहाँ कार्यरत नेपालीहरु मध्ये १ सय २७ जना काठमाडौं आईपुगेका छन् ।
अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना नेपाली काठमाडौं फर्किएका छन्। तालिबानले काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड छ मच्चिएको छ भने अफगानिस्तान छोड्न विमानस्थलमा भीड लागेको छ । सोही क्रममा कावुल स्थित अमेरिकन मिसनमा कार्यरत १ सय २७ जनालाई काठमाडौं ल्याएको हो ।

कावुलमा अमेरिकन मिसनमा कार्यरत १ सय २७ जना काठमाडौं फर्किएसँगै उनीहरुलाई नेपाल स्थित अमेरिकन दूतावासका उच्च अधिकारीले स्वागत गरेका छन् । अमेरिकन दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत‘काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं,’ भनेको छ ।
उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको हो। अमेरिकी सेनाको जहाजले कतारको दोहामा छाडेको उनीहरुलाई कतार एयरलाइन्सले काबुलबाट चार्टर उडानमार्फत कुबेत ल्याएको थियो।

