काठमाडाँै । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी नेमकिपाले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो ।
नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले तिन हजार ३५२ मत प्राप्त गरेका छन् । प्रमुखका अर्का उम्मेदवार नेकपा एमालेका रविन्द्र लाछिमस्यूले दुई हजार ८३७ मत प्राप्त गरेका छन् ।
प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा माओवादी केन्द्रका तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गरेको छ ।
नगरको वडा नं १ मा अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा नं १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी भएको छ ।
Add Comment