काठमाडौँ । सोमबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ। सोमबार तोलाको ९७ हजार ५०० मा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ९०० कायम भएको छ। सोमबार भने ९७ हजारमा कारोबार भएको थियो।
आज चाँदी मूल्य तोलाको एक हजार ३९५ छ। सोमबार एक हजार ३६५ थियो।

