आन्दोलनरत शिक्षकहरुले बोटबिरुवा माडेपछि बालेनले लेखे : नटिप्नु हेर कोपिला,नचुँड्नु पाप लाग्दछ

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले सडकका बोटबिरुवा माडेपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् ।

काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएपछि महाकवि देवकोटाको कविता उदृत गर्दै उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् ।

बालेनले बोट बिरुवा माडिएको फोटो राखेर लेखेका छन् :
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
महाकबि लक्ष्मीप्रसाद देबकोटा

ताजा अपडेट