नगद र चार किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । कैलालीमा चार किलो चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको सुर्मा घर भएर राजीपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर कार्कीले जानकारी दिए ।

उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएको कार्कीले बताए ।

पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।