काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको छ ।
बैंकिङ क्षेत्रमा उत्कृष्टता र नवीन सेवा प्रदान गरेको भन्दै २०२५ को लागि एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा पनि धेरै प्रतिष्ठित पुरस्कारहरू द्वारा एसबीआई बैंकलाई सम्मान गरिएको छ ।
बैंकलाई नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर, होलसेल बैंकिङ अवार्ड श्रेणी अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर र डिजिटल बिजनेस बैंकिङ इनिसिएटिभ अफ द इयर–नेपाल र रिटेल बैंकिङ अवार्ड श्रेणी अन्तर्गत एसएमई बैंक अफ द इयर–नेपालबाट सम्मान गरिएको छ ।
यी अन्तर्राष्ट्रिय प्रशंसाहरूले थोक र खुद्रा बैंकिङ दुवै क्षेत्रमा बैंकिङ उत्पादन र सेवाहरूमा उत्कृष्टता र नवीनताप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिने एसबीआई बैंकले जनाएको छ ।
बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ।


Add Comment