निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा लघु कर्जा अतिरिक्त सुरक्षण योजना सार्वजनिक

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जामा हुन सक्ने जोखिम न्यूनीकरण गर्न ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ सार्वजनिक गरेको छ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा कोषले उक्त योजना सार्वजनिक गरेको हो। योजना अनुसार कोषको चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँसम्मको कर्जामा ऋणी वा निजको पतिरपत्नीको मृत्यु, स्थायी अशक्तता वा परियोजना नष्ट भएमा बाँकी कर्जाको शतप्रतिशत दाबी भुक्तानी गरिनेछ।

बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत अतिरिक्त शुल्क तिरेर यो योजनामा सहभागी हुन सक्नेछन्।

कार्यक्रममा ‘क’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा लघु कर्जा विभाग प्रमुखहरूको उपस्थिति रहेको थियो।